सारेगमप टप ११ बाट बाहिरिइन् मेनुका पौडेल
मेनुका पौडेल सारेगमपको टप ११ बाट बाहिरिएकी छन् । उक्ता रियालिटी शो मार्फत नेपाली तथा भारतीय दर्शक माझ मात्रै नभई शोका जजहरुको समेत प्रसंसा पाउन सफल उनी टप ११ मा पुगेर भने बाहिरिएकी हुन् । यो संगै उनको सारेगमपका लागि अगाडीको बाटो समाप्त भएको छ । तर उनको सांगीतिक यात्राका लागि यस शोले महत्वपुर्ण योगदान भने दिएको छ ।
उनी नेपाली साङ्गीतिक रियालिटी शो नेपाल आइडलमा प्रतिस्पर्धा गरेर उनले नेपाली संगीतको फाँटमा आफ्नो छुट्टै पहिचान स्थापित गराउन सफल भैसकेकी छिन् । नेपाल आइडलको प्रतिस्पर्धामा टप ११ सम्म पुगेकी उनी त्यहाँ बाट विदाई हुँदा धेरैको मन रोएको थियो । उनी त्यहाँबाट बाहिरीइसके पछी उनको स्वरमा रहेका धेरै गीत बजारमा आए । तर उनले गाएका गीतले सोचे अनुरुपको सफलता भने पाउन सकेका छैनन् ।
सुमधुर स्वर, नम्र अनि मिजासिलो बोली, संगीत प्रतिको लगाव मेनुकाका खासियत हुन् । एक मन्दिरमा भजन गाउँदै गरेको अवस्थामा उनको स्वरबाट प्रभावित भई काठमाडौँमा स्थाई बासिन्दा रहेका एक परिवारले उनलाई धर्म छोरी बनाएर राखेका छन् । उनै धर्म आमा बाबुको साथ सहयोग नै उनको साङ्गीतिक यात्रा अगाडी बढ्ने माध्यम बन्यो । उनले छोटो समयमा पाएको चर्चाले उनको शारीरिक अशक्ततालाई बिर्साएको थियो ।
जन्मदा देखि नै आँखा देख्न नसक्ने उनको साङ्गीतिक रुचीले उनलाई आज भारतीय चर्चित साङ्गीतिक रियालिटी शो सारेगमप सम्म पुर्याएको थियो । सारेगमपले यस अघि नेपाल अडिसन गरेको थिएन । यस सिजनमा सारेगमपले प्रि अडिसन नेपालमा पनि आयोजना गरेको थियो जसबाट मेनुका छानिएकी थिइन् ।
प्रतिक्रिया