‘मिस ग्लोब २०१८’मा कोपिला अधिकारी
यहि नोभेम्बर २४ तारिखदेखि चीनको बेजिईङमा भइरहेको मिस ग्लोब २०१८ को ग्राण्ड फिनालेमा नेपालका तर्फबाट कोपिला अधिकारीले भाग लिने भएकी छिन् । उक्त प्रतियोगिता यही डिसेम्बर १, २०१८ मा सम्पन्न हुँदैछ । करिब ४४ देशको सहभागिता रहने प्रतियोगितामा नेपालबाट मिस ग्लोब २०१८ मा पुग्ने उनी पहिलो नेपाली हुन् ।
एकातिर मिस वर्ल्ड २०१९ कार्यक्रममा शृंखला खतिवडा नेपाललाई चिनाउनका लागि चीनमा प्रतिस्पर्धा गर्दैछिन् भने अर्कातिर चीनमा नै हुन गईरहेको ४५ औ ‘मिस ग्लोब’ २०१८ कार्येक्रममा कोपिला अधिकारीले पनि प्रतिस्पर्धा गर्दै छिन् ।कोपिला हालै सम्पन्न बाबा एडुकेसनल कन्सलटेन्सी मिस +२ स्टार २०१८ कि बिजेता पनि हुन् । कार्यक्रम परिवर्तन इभेन्ट् हाउस प्रा. लिले आयोजना गरेको थियो । हाल उनी काठमाडौंको टेक्सस इन्टरनेशनल कलेज मित्रपार्कमा कक्षा १२ मा अध्ययनरत छिन् ।
प्रतिक्रिया