बेनिशाको फन्डा या वास्तविकता, सबै सम्झने तर मान्छे बिर्सने ?

अभिनेत्री बेनिशा हमालको एउटा कुराले अहिले नगरकोट फेरि फेमस भएको छ । नगरकोट जानका लागि आफूलाई एक बैंकका सिइओले प्रस्ताव गरेको बताएर बेनिशाले मि टु अभियानलाई अघि बढाउन खोजेकी छिन् ।

तर, अभिनेत्री हमालले यो भन्दा न त बैंकको नाम सम्झीइन् न त ती सीइओ नै सम्झीइन् । उनले, उनी १८ बर्षको हुँदा भोगेको त्यो घटनाको सबै कुरा सम्झीइन् तर सीइओ को थिए र बैंक कुन थियो भन्ने मात्र बिर्सिइन् ।
जब, कुनै कुराको सबै कुरा याद हुन्छ मात्र व्यक्तिको नाम याद हुँदैन भने त्यो भन्नुको अर्थ के छ र ?

बेनिशा हमाल नेपाली फिल्ममा खासै व्यस्त हिरोइन होइनन् । फाट्टफुट्ट पाएको फिल्म पनि उनका कारणले चलेनन् । बेनिशालाई हेर्न दर्शक हलमा पुग्दैनन् । यही भएर उनलाई फिल्ममा लिन निर्माता–निर्देशकले पनि वास्ता गरेका छैनन् ।
बेनिशाले कतै चर्चा पाउनका लागि यो फन्डा गरेकी त होइनन् भन्ने बहस फिल्म वृत्तमा हुन थालेको छ । नाम र बैंक नै विर्सिएपछि त आरोप जे जसरी लगाइदिए पनि भैहाल्यो ।

मि टु एउटा पवित्र उद्देश्यका लागि सुरु भएको हो । यसलाई फन्डाको रुपमा प्रयोग गर्नु त्यती उचित नहोला । सम्झीन