दीपिका र रणवीरको विवाह पक्का, यता बर्षा मख्ख
बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना प्रेमी रणवीर सिंहसँग विवाह गर्ने फाइनल भएको छ । नोभेम्बरको १४ र १५ तारिखमा उनीहरु बिहे गर्दैछन् ।
दीपिका र रणवीरको विवाहले विश्वभरका उनीहरुको फ्यानलाई खुशी संचार पनि गराएको होला । धेरै फ्यानको मन पनि टुट्यो होला । दीपिका र रणवीरले विवाह गर्ने घोषणा गर्दा त्यसको तरंग नेपालमा पनि परेको छ । अझ, नेपाली फिल्मकी अविवाहित अभिनेत्री बर्षा राउतलाई जती खुशी अरुलाई लागेको छैन होला ।
बर्षाले दीपिका र रणवीरले विवाह गर्न लागेको घोषणा गर्दा तयार पारेको पत्र आफ्नो सबै सामाजिक संजालमा राखेकी छिन् । यसको मतलब वुझौ कि दीपका र रणवीरले बिहे गर्दा बर्षा पो मख्ख परेकी छिन् ।
कि, आफ्ना प्रेमी संजोग कोइरालालाई बिहेका लागि दबाब दिन बर्षाले यसो गरेकी पो हुन् कि ? किनकी, दीपिका र रणवीर जस्तै बर्षा र संजोग पनि आधा दशकदेखि प्रेममा छन् । उता, प्रेम गरेर पनि बिहे गर्न लागिसके । यता अझै सुरसार छैन । संजोगले बर्षाको यो तरिकाबाट वुझ्ने पो हो कि ?
प्रतिक्रिया