कपुर परिवारको आरके स्टुडियो बिक्रीमा
कपूर परिवारले मशहूर आरके स्टूडियो बच्ने फैसला गरेका छन् । ७० बर्ष पुरानो यस ऐतिहासिक स्टूडियोमा आगलागिका कारण ठूलो क्षती भएको थियो । शौमैन राजकुमारले सन् १९४८ मा उपनगरीय क्षेत्र चेंबूरमा यसको स्थापना गरेका थिए । राज कपूरका धेरैजसो फिल्म यस स्टूडियोबाट निर्माण गरिएको थियो । पछिल्लो बर्षको १७ सेप्टेम्बरमा स्टूडियोमा सुपर डांसरको सेटमा आगलागी भएको थियो जसबाट उक्त स्टूडियोका केहि भागमा क्षति ग्रस्त भएको थियो ।
ऋषि कपूरले उक्त स्टूडियो नयाँ टेक्नोलोजीका साथ पुन तयारी गर्ने इच्छा व्यक्त गरेका थिए । तर उनका दाई रणधीर कपूरले यो व्यवाहारिक नभएको बताए । रणधीर कपूरले भने “हो हामीले आरके स्टूडियो बेच्नेको फैसला गरेका छौ” । आरके ब्यानरबाट निर्माण भएको फिल्महरु आग, बरसात, आवारा, श्री ४२०, जिस देश में गंगा बहती है, मेरा नाम जोकर, बाँबी, सत्यम शिव सुंदरम, राम तेरी गंगा मैली आदि रहेका छन् ।
प्रतिक्रिया