‘जय भोले’ चल्नु पर्ने मुख्य तीन कारण

असोज ३० गते फुलपातीको दिनबाट प्रदर्शनमा आउन लागेको फिल्म जय भोले प्रतिक्षित बनेको छ । फिल्मको कथावस्तु, गीत संगीत, जम्बो कलाकार टोलि, निर्माता असोक शर्मा लगायतको कारण पनि फिल्म प्रतिक्षित बनेको हो । अर्को पाटोमा हेर्ने हो भने फिल्मले बक्स अफिसमा कत्तिको जादु गर्ला भन्ने पनि चासोको विषय बनेको छ । खगेन्द्र लामिछानेको कथा रहेको फिल्ममा अशोक शर्माको निर्देशन रहेको छ । एए ग्रुप अफ कम्पनिजको प्रस्तुती रहेको जय भोलेलाई किरन शर्मा, कृति शर्मा, अन्कित शर्मा लगायतले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा बसन्त श्रेष्ठको कोरियोग्राफी, राजन राज सिवाकोटीको संगीत, वान नेपाल स्टन्ट टिमको द्वन्द, राजु ढुंगानाको सम्पादन र पुरुषोत्तम प्रधानको छायाङ्कन रहेको छ । कमेडी जनराको यस फिल्म चल्नु पर्ने धेरै कारणहरु छन् । त्यस मध्ये मुख्य तीन कारण निम्न अनुसार हुन सक्छन् :
निर्माता असोक शर्मा
असोक शर्मा नेपाली फिल्म क्षेत्रका एक धरोहर हुन् । नेपाली फिल्मको विकासमा उनले ठुलो योगदान दिएका छन् । उनि नेपाली फिल्म क्षेत्रमा सकृय केही मध्येका एक हुन् । दर्जनौँ सफल फिल्म निर्माण तथा निर्देशन गरेका उनले १२ बर्षको अन्तरालमा जय भोले निर्माण गरेका हुन् । यस फिल्मले असोक शर्मालाई फिल्म क्षेत्रमा कमब्याक गराउने अपेक्षा धेरैको छ । त्यसैले पनि यो फिल्म चल्नु पर्छ ।
जम्बो कलाकार टोली
फिल्ममा चर्चित कलाकारहरुको जम्बो टोली छ । खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ्, सलोन बस्नेत, अशोक शर्मा, राजाराम पौडेल, बसुन्धरा भुसाल, लक्ष्मी गिरी, जय नन्द लामा, सुर्बिर पण्डित, सार्दा गिरी, रामचन्द्र अधिकारि, किशोर भण्डारी, सुरेन्द्र के.सी लगायतले अभिनय गरेको यस फिल्म उनीहरुकै कारण पनि चल्नु पर्छ । सोलो भूमिकामा समेत अब्बल ठहरिएका यी कलाकारहरु एकै पर्दामा अटाएका छन् । खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्धी तामाङ्, सलोन बस्नेत सबैले आफ्नो अभिनयबाट दर्शकलाई रिझाएका छन् । त्यसैले पनि यो फिल्म चल्नु पर्छ ।
कथावस्तु
फिल्ममा साथीहरुको एक समूह र उनीहरु बीचको मिठो सम्बन्ध प्रस्तुत गरिएको छ । फिल्म मनोरन्जनात्मक छ । फिल्मका कलाकारहरुको कुरालाई आधार मान्ने हो भने फिल्ममा फ्रेन्डसिप स्टोरी समेटिएको छ । सम्बधहरु धेरै प्रकारका हुन्छन् तर त्यसबिचमा पनि साथीत्वको सम्बन्ध त्यसमा आउने उतार चढाव के कस्तो हुन सक्छन् भन्ने बिसयमा गम्भिर तर हाँस्य शैलीमा फिल्मको कथा बगेको छ । त्यही कथा सम्पूर्ण दर्शकका बिच पुर्याउनका लागि फिल्म चल्नु पर्छ ।

‘फेरि रेशम फिलिली’लाई लिएर सुपुष्पामा डर र उत्साह

तुलसी घिमिरेले फेरि सुरु गरे ‘पहाड’को छायांकन

‘कल्ली’को छायांकन सुरु, उत्तम भन्छन्–‘कथा यूनिक लागेर कमब्याक गरेँ’

‘लाज शरणम्’को प्रचार सामाग्री रोकियो, आलमले दिएका थिए उजुरी

शिव रेग्मीकी भान्जी ‘हर्ष’ बनाउँदै, खगेन्द्र र आँचलको जोडी देखिने

मायाको प्रतिक हो ‘मायाबी’: दिवाकर भट्टराई

उस्तै नाममा रिलिज भइसकेका छन् दर्जन बढी फिल्म

प्रतिक्रिया