प्रधानमन्त्रि राहत कोषलाई वर्षा शिवाकोटीको १ लाख सहयोग
अभिनेत्री वर्षा शिवाकोटीले प्रधामन्त्री राहत कोष लाई रु. १ लाख सहयोग गर्ने भएकी छिन् । उनले एक भिडियो पोष्ट गर्दै उक्त जानकारी दिएकी हुन् । उनले दिनरात मजदुरि गरेर जिबिकोपार्जन गर्नेहरुको लागि उक्त सहयोग गरेको बताएकी छिन् ।
उनले भनेकी छिन् – ‘सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपालीलाई असर परेको छ तर पनि बिशेष गरेर दिनरात मजदुरि गरेर जिबिकोपार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाँहरुको लागी जती सक्दो चाँडो राहतको व्यवस्था गर्नु हुनेछ भन्ने आशा गरौँ, यस्को लागी मेरो व्यक्तिगत तर्फबाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु ।’ उनले दिनरात भोकभोकै खट्ने डक्टरहरु, नर्शहरु र मेडिकल सँग सम्बन्धित अन्य व्यक्तिहरु, प्रहरीहरु र कोरोना भाइरसबाट बचाउन लागेका अन्य क्षेत्रका ब्यक्तिहरुलाई धन्यबाद पनि दिएकी छिन् ।
नमस्ते म वर्षा शिवाकोटीदेश लकडाउन भएको आज छैठौ दिन, आजको दिन सम्म देश भित्र यो भयानक रोग कोरोना भाइरसले कसैको ज्यान लिएको छैन, म भगवान सँग एही प्राथना गर्दछुकि हाम्रो देश, हामी नेपाली कसैलाई केहि नहोश्.सुरक्षित हुन गरिएको यो लकडाउनले पक्कै पनि हामी नेपाली लाई असर परेको छ तर पनि बिसेश गरेर दिनरात मजदुर गरेर जिबिका पार्जन गर्नु हुने हाम्रा दाजुभाई दिदीबहिनीलाई यो अवस्थामा निकै गाह्रो परेको छ, सरकारले उहाहरुको लागी जती सक्दो चाडो राहत को बेबस्था गर्नु हुनेछ भन्ने आशा गरौ एस्को लागी मेरो बेक्तिगत तर्फ बाट नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा रु १००००० (एक लाख) जम्मा गर्न चाहन्छु र मेरो इच्क्षा, यो पैसा ति हाम्रा दाजुभाइ दिदीबहिनीमा जाओश जस्ले दैनिक काम गरेर जिवन गुजारा गर्नु हुन्छ ! मैले यो पैसाले आफैले राहत किनेर ति दाजुभाई दिदीबहिनी समक्ष पुराउने इच्छा थियो तर नेपाल सरकारले सुरक्षित हुन दिनु भएको आदेश लाई हामी सबै नेपालीले मान्नै पर्छ र तेही मान्ने क्रममा म पनि सुरक्षित रहन लकडाउनमा भएकोले नेपाल सरकारको प्रधानमन्त्री राहत कोष मार्फत दिने सोच बनाए .अन्त्यमा देशलाई बचाउन दिनरात भोकभोकै खट्नु हुने मेडिकल सेक्टरबाट डाक्टरहरु, नर्शहरु र मेडिकल सँग सम्भन्दित अन्य बेक्तीहरु र हाम्रा देशका खम्ब्बा प्रहरी दाजुभाइ दिदीबहिनीहरु र कोरोना भाइरस बाट बचाउन लाग्नु भएका अन्य क्षेत्रका ब्यक्ति हरु मा नमन ??
Gepostet von Barsha Siwakoti am Sonntag, 29. März 2020
यो पनि पढ्नुहोस् –
प्रतिक्रिया