‘छड्के २’का वितरकलाई प्रश्न–‘के तपाइको फिल्म अब क्यूएफएक्समा लाग्दैन’ ?
फिल्म ‘छड्के २’को चर्चा एकाएक चुलिएको छ । बुधबार मेरो फिल्मले ‘छड्के २’लाई क्यूएफएक्समा रिलिज गर्न अप्ठ्यारो भन्ने समाचार सार्वजनिक गरेपछि विवाद बढेको हो । यो खबर सार्वजनिक भएको एक दिनपछि अर्थात आज क्यूएफएक्सको नयाँ निर्णय सार्वजनिक भयो । असअन्र्तगत क्यूएफएक्सले एकसाथ २ वा २ भन्दा बढी नेपाली फिल्म जुध्दा घाटा भएको र हलले पनि बढी गाली खाएको भन्दै अब एउटा मात्र फिल्म रिलिज गर्ने निर्णय गरेको छ ।
क्यूएफएक्सको व्यवस्थापन टिमले फागुण १९ गते फिल्म ‘छक्का पन्जा ४’लाई दिइसकेको बताएपछि सोही दिन रिलिज हुने भनिएको नायक अनमोल केसी अभिनित फिल्म ‘छड्के २’ क्यूएफएक्समा रिलिज हुन्छ या हुँदैन भन्ने प्रश्न पनि सोझिएको छ ।
यो बिषयमा मेरो फिल्मसँग कुरा गर्दै यो फिल्मका वितरक सुनिल मानन्धरले फिल्म रिलिज हुने बताए । उनले भने–‘आज मेरो क्यूएफएक्सको व्यवस्थापन टिमसँग बैठक थियो । उहाँहरुले फिल्म नलाग्ने कुरा नै गर्नुभएको छैन । फिल्मको प्रचार सामाग्री ल्याएर दिनुहोस् भन्नुभएको छ । यसैले, फिल्म नलाग्ने भन्ने त कुरै आउँदैन ।’
उनले, क्यूएफएक्सले गरेको नयाँ निर्णयको बिषयमा चलचित्र संघले कुनै न कुनै निर्णय गर्ने पनि बताए ।
यसका वितरक फिल्म लाग्नेमा ढुक्क छन् । तर, क्यूएफएक्सले ‘छक्का पन्जा ४’का वितरकले सुरुमा आएर आफूहरुसँग कुरा गरेपछि आफूहरु यो फिल्म मात्र लगाउने निर्णयमा पुगेको बताइसकेको छ । यस्तो अवस्थामा के सुनिल मानन्धर ढुक्क भएर बस्न सक्लान् त ?
के क्यूएफएक्सले मनोमानी रुपमा एउटा मात्र फिल्म रिलिज गर्छु भन्न मिल्छ ?
क्यूएफएक्सलाई ‘छक्का पन्जा ४’ टिमले प्रतिशत दिएपछि ‘छड्के २’लाई अप्ठ्यारो
प्रतिक्रिया