क्यूएफएक्सलाई ‘छक्का पन्जा ४’ टिमले प्रतिशत दिएपछि ‘छड्के २’लाई अप्ठ्यारो
फागुण १९ गतेबाट रिलिज हुन लागेका २ नेपाली ठूला फिल्मको लफडा अहिलेबाट नै सुरु भएको छ । विशेषगरि, दीपकराज गिरीको टिमले फागुण १९ गतेलाई मिति तोकेर नयाँ पोष्टर सार्वजनिक भएपछि भित्री खेला समेत सुरु भएको बुझिएको छ ।
दीपकराज गिरीको टिमले ‘छक्का पन्जा ४’ चलाएवापत क्यूएफएक्सलाई प्रतिशत दिएको वुझिएको छ । दीपकराज गिरीको टिमले प्रतिशत दिएपछि क्यूएफएक्समा सोही मितिमा रिलिज हुन लागेको अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ पाखा लाग्ने अड्कल यसका वितरकको छ ।
यो बिषयमा मेरो फिल्मसँग कुरा गर्दै ‘छड्के २’का वितरक सुनिल मानन्धरले भने–यो बिषयमा मेरो भोली क्यूएफएक्सको टिमसँग मिटिङ छ । सबै कुरा बैठकपछि के हुन्छ म भनौंला । तर, छक्का पन्जा ४ ले प्रतिशत दिएपछि हाम्रो फिल्मलाई अप्ठ्यारोमा पार्न भने खोजिएको छ ।
विशेषगरि, सुनिल मानन्धर आक्रोशित भएपछि नकिम उद्दिनले उनलाई भोली मिटिङका लागि बोलाएका हुन् ।
फागुण १९ मा रिलिज हुन लागेका यी दुई फिल्म बक्स अफिसमा चम्कने अपेक्षा गरिएको छ । तर, फिल्म रिलिज अगावै हलमा देखिएको खेलाले भने समस्या पार्ने देखिएको छ ।
प्रतिक्रिया