नम्रता बाहिरिएपछि ‘प्रसाद २’मा भित्रिइन् केकी

नायिका केकी अधिकारीका लागि यो बर्ष सुखद देखिएको छ । बिहेपछि कही कतै उनको फिल्मी करिअर पनि चम्किएको देख्न सकिन्छ । यो बर्ष केकीले अभिनय गरेको फिल्म ‘झिङ्गे दाउ’ रिलिज भयो । फिल्मले बक्स अफिसमा सुखद कमाई गरेको थियो । उनै, केकी एक हिट फिल्मको सिरिजमा अनुबन्धित भएकी छिन् ।

केकीले सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘प्रसुाद २’मा काम गर्ने पक्का भएको छ । केकीलाई निर्माता सुवास थापाले सोमबार साइन गरेका हुन् ।

नायिका नम्रता श्रेष्ठ बाहिरिएपछि फिल्ममा नायिकाको अभाव भएको थियो । केकीले भूमिका मन परेपछि स्विकार गरेकी हुन् । फिल्ममा विपिन कार्की र अर्पण थापाको मुख्य भूमिका रहनेछ । फिल्मको छायांकन मंसिरबाट सुरु गर्ने योजना निर्माताको छ । सुशिल पौडेल यो फिल्मका लेखक हुन् ।