‘पशुपति प्रसाद २’मा ‘भष्मे डन’ नहुने संभावना

फिल्म ‘पशुपति प्रसाद’ हिट हुनुमा ‘भष्मे डन’ नामक क्यारेक्टरको भूमिका पनि महत्वपूर्ण छ । विपिन कार्कीले निर्वाहा गरेको यो भूमिकालाई दर्शकले अत्याधिक रुचाए । अब, यो फिल्मको सिरिज बनाउने तयारीमा यसका निर्देशक दीपेन्द्र के खनाल छन् । खगेन्द्र लामिछानेको मुख्य भूमिका रहने फिल्मको छायांकन केही महिनामा सुरु हुनेछ ।

तर, फिल्म ‘पशुपति प्रसाद २’मा भने ‘भष्मे डन’ नामक पात्र नहुने संभावना प्रवल रहेको वुझिएको छ । निर्देशक खनालले पनि यसपटक फिल्ममा विपिन कार्की नहुने संभावना रहेको बताए ।

फिल्मले पशुपति परिसरमा हुने विभिन्न गतिविधिको कथालाई प्रस्तुत गर्नेछ । यसपटक निर्देशकले कथालाई कुन मोड दिने हुने, आम दर्शकका लागि प्रतिक्षामा छ ।

नायक विपिन कार्की ‘एनिमल’ नामक बलिउड फिल्मको छायांकनका लागि मुम्बई जाने तयारीमा छन् ।