टेलिभिजनको उद्घोषकबाट ब्रेक लिदै आदित्य

पन्द्रवर्ष देखि टेलिभिजनमा उद्घोषण गर्दै आएका भारतिय गायक गायक आदित्य नारायणले ब्रेक लिने भएका छन् । उनले टेलिभिजनमा लामो समय देखि उद्घोषण गरिरहेको र अव भने नयाँ काममा हात हाल्ने बताएका छन् ।उनले भारतिय मिडियासँगको कुराकानीमा अन्य ठूला जिम्मेवारीतर्फ अघि बढ्ने बताएका छन् ।
उनका अनुसार उद्घोषणको रुपमा इन्डियन टेलिभिजनमा सन् २०२२ सम्म काम गर्नेछन् र त्यसपछि उनी उद्घोषणको काम गर्ने छैनन् । आदित्यलाई उद्घोषण बाहेक अन्य काम गर्न रमाइलो लाग्ने बताएका छन् । उनले भारतिय एक मिडियासँगको कुराकानीमा भनेका छन्,‘पछिल्लो १५ वर्षदेखि म भारतीय टेलिभिजन गर्दै आएको छु र म असाध्यै आभारी छु । यो अन्य कुरामा अघि बढ्ने समय हो । मैले सानो पर्दामा उद्घोषण सुरु गर्दा किशोर थिएँ । र अब यसलाई म अर्को वर्ष पूरा गर्नेछु । म सायद एक पिता (मुस्कुराउँदै) बन्नेछु । टिभी इन्डष्ट्रिले मलाई धेरै कुरा दिएको छ – नाम, प्रसिद्धि र सफलता ।’

उनले टेलिभिजन नै नछोडेको र अन्य निर्णायकको भुमिकामा भने देखिन चाहेको उल्लेख गरेका छन् । यस बाहेक अन्य कुनैमा काम गर्ने योजना रहेको र त्यो समयले बताउने बताएका छन् ।
आदित्यले भने, ‘ मसँग चारवटा थप रियालिटी शो छन् । यदि मैले घोषणा गरिनँ भने अफर आइरहन्छन् । मलाई उद्घोषण जति मनपर्छ अब मैले अन्य कुरामा ध्यान दिन आवश्यक छ । म अहिले पनि गीत गाउन चाहन्छु, स्टेजमा डान्स गर्न चाहन्छु । संसारको अगाडि आफ्नो प्रस्तुती दिन चाहन्छु ।’
उनको यो कुरालाई लिएर केहि फ्यानहरु खुसी देखिएका छन् भने उनको उद्घोषण कला मनपराउने भने दुखि भएका छन् ।