‘बेनीको बजार’ गाउने गायकको निधन

कुनै समय अत्यधिक चर्चामा रहेको गीत ‘बेनीको बजार, जता मायाँ उतै छ नजर, किरेमिरे जालेरुमाल’ का सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा निधन भएको हो । ‘बेनीको बजार,जता मायाँ उतै छ नजर…’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि विश्वभरका नेपालीमाझ निकै चर्चामा आएको थियो ।


श्रेष्ठकी श्रीमती मन छन्त्याल र रचनाकार श्रेष्ठको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ । यही गीतका आधारमा नै बेनी बजारलाई मायालुको शहर भनेरसमेत चिनिन्छ । गायक मिर्गौलासम्बन्धी समस्यासँग जुधिरहेका थिए । उनले मिर्गौलासम्बन्धि रोगले झेलिँरहेका गायक क्षेष्ठ एक दशकयता गुमनाम जस्तै थिए ।