रुसमा सक्रिय दाङका सन्देश, सामाजिक कार्यमा सफलता चुम्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Sandesh-lamsal_uB0wTg7ZHv_rjmgzh58uhesljfrv6upukshzfktyxc2aogq880scdtcoz2pivypy1tueupe_eXgtD8lZ1Y_wqjibllze6nejbb1oxib7f6ulid5aojq4tlspije4av2dhtoaveolj16j3hh.jpg)
नेपालको दाङ जिल्लामा जन्मिएका सन्देश लम्साल Sandesh Lamsal हाल रुसमा छन् । सन् २०५१ साल भाद्र १ गते ९ सन् १९९४ अगष्ट १७ मा जन्मिएका सन्देश हाल सेन्ट पीटर्सबर्ग रुसमा बसोबास गरिरहेका छन् । सन् २०१५ मा रुसी सरकारबाट एमबीबीएसमा छात्रवृत्ती पाएपछि अध्ययनका लागि उनी रुस पुगेका हुन् । रुसमा उनले अध्ययन र खेलकुदका साथसाथै कुटनितिज्ञको रुपमा पनि काम गरेका छन् । उनले सेन्ट पीटर्सबर्ग र लेलिनग्राद क्षेत्रमा नेपालको प्रतिनिधीको रुपमा विद्यार्थीहरुको एक टोली बनाएका थिए । नेपाली संकृती र पर्यटन प्रवद्र्धनका लागि उनले रसियामा धेरै कार्यक्रमको समेत आयोजना गरेका छन् ।
विदेशमा रहेपनि आफ्नो देशको माया कम नहुने धारण राख्छन् सन्देश । उनी, अहिले विभिन्न सामाजिक संजालमा सक्रिय रुपमा काम गरिरहेका छन् । उनी सामाजिक मिडिया व्यक्तित्व, ताइक्वान्डो खेलाडी, अन्तरराष्ट्रिय स्वयंसेवक र ब्लगरको साथमा मेडिकल विद्यार्थी र सेन्ट पीटर्सबर्ग र लेलिनग्राद क्षेत्रमा नेपालको प्रतिनिधी समेत हुन् ।
विश्वभर छरिएर रहेका दर्शकहरुलाई अपिल गर्दै उनले ट्रान्जिसन, अभिनय, खेल, स्वास्थ्य, सौन्दर्य सुझावले भरिएका, लिप सिंक भिडियो सहित विभिन्न सामाग्री सामाजिक संजालमा पोष्ट गर्दै आएका छन् । सामाजिक संजालका रुपमा पछिल्लो समयमा सर्वाधिक सफल मानिएका टिकटक, लाइकी, हेलो, टांगी, इन्स्टाग्राम, अमेजन, मोज आदिमा उनको धेरै फ्यान समेत छन् । उनका अधिकांश सामाजिक संजाल भेरिफाइड समेत भएका छन् । सामाजिक जागरुकता र सार्वजनिक कल्याणका क्षेत्रहरूमा उनले धेरै भिडियो निर्माण गरेका छन् । केही भारतीय कलाकारहरुसँग मिलेर काम समेत गरेका उनका भिडियो सामाग्रीहरु बलिउडका लोकप्रिय कलाकारहरुले समेत शेयर गरेका छन् ।
रुसमा रहेका नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनिय काम गरेका सन्देश संयुक्त राष्ट्र संगठनका अनलाइन स्वयंमसेवक पनि हुन् । सन् २०१७ मा फिफा कन्फेडेरेसन कप र सन् २०१८ मा फिफा वल्र्ड कपको समयमा रुसमा फुटबल खेल हेर्न आएका विभिन्न देशका दर्शकहरुको चिकित्सा सेवाको लागी उनले चिकित्सा स्वयंसेवकको रुपमा समेत काम गरिसकेका छन् । सन्देशले कोरोना भाइरसको संक्रमण कालमा सामाजिक संजालमा यसको रोकथाम र सुरक्षाको बिषयमा थुप्रै सामाग्री बनाएर भिडियोहरु पोष्ट गर्दै आएका छन् ।
![१३ औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२४’का विजेता घोषित](https://snowberry.prixacdn.net/media/gallery_folder/litle-p_jvsQY4ylj6_96AieRDhnc_zvfcdovdevp4pahzsiinctlpeqyjhyqyx625fse6jbwxei3s2xqwmsnucyaf_R5NhqFfCYD_5wsvgxkx2s8mmvweb8s2sbgs6pknmxqmcehansd76yqdbptu0cffdrzzquvb.webp)
१३ औं ‘लिटिल प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२४’का विजेता घोषित
!['फेसियल हाउस'को १६औँ वार्षिकोत्सव सम्पन्न](https://snowberry.prixacdn.net/media/gallery_folder/Facial_W3BmDVIFC5_kf6tdvrz6dcqg6qta3xeym7mxpoex0fxarm4op6qnshfls0phoxxylsuugte_Ew8s8jWcQS_q2yc4akepexqkom3vpgvteaen5ncrh0hgugsobtn1lmlnppn3br8op1r7idx.jpg)
'फेसियल हाउस'को १६औँ वार्षिकोत्सव सम्पन्न
![पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी सुरू](https://snowberry.prixacdn.net/media/gallery_folder/kuber-dangol_DRV01monmR_rypkpibkpkdx2orubpuapj4ugvglnotsjnuqkedgg4smmcx5acl0nebxeo4r_ZRgKpZMrGC_y6ppogllnu5sant4cbejscviowideqoiojubkvzvmor5fulzjev25k7cdkvv.jpg)
पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी…
![प्रधानमन्त्री प्रचण्डलाई टोपी प्रदान गर्दै १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाईयो](https://snowberry.prixacdn.net/media/gallery_folder/320819595_2427580197404718_458307219743596785_n_4R45fYW0K1_fskzbhv5aaszjgdqtlbauzitiiogawrztlpo1l100cs1l6nyu4eaqtbolxv0_fc5PcLfNHz_gt6juq4jrv7o4rch8q1o3dlnufosmcye2qav1lkhezhpnoimzgqsgrdrwn1e.jpg)
प्रधानमन्त्री प्रचण्डलाई टोपी प्रदान गर्दै १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस …
![‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)](https://snowberry.prixacdn.net/media/gallery_folder/pokhara_ANVuVkKbnO_bh1vgwevpkwoaboaattrd9xhbpdegpquf5b4tigdvdvvwf6izvuamowcd9wz_b4nuvL7Vub_gjhlyzts290nvltmvj8s2spgozbyhlmngkztccucrqdok3vpydbnzbszde9y.jpg)
‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)
![‘पोखरा सडक महोत्सव’ सुरु, झाँकीमा रमाए पर्यटक (फोटोफिचर)](https://snowberry.prixacdn.net/media/gallery_folder/IMG_4173-1024x768-1_Yp093gTvWN_ykokfkjbf68zjnc0mb393aag6tg18juxheogx1u5sssxqy4ycavbuywx4fo3_xhsqbTY5g1_y3ult3q2fqdai8jow9wrmjytpxpnvuc0qec2oyyx3kota9ippacey4dmyccl.jpg)
‘पोखरा सडक महोत्सव’ सुरु, झाँकीमा रमाए पर्यटक (फोटोफिचर)
![भ्याली ग्रुप तयारी खाध्यमा आक्रामक बन्दै, भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा](https://snowberry.prixacdn.net/media/gallery_folder/318283786_1148518422471700_7348741980901969430_n_QVQ4WHw3fV_ybhpmtrwhwm1yv2xbyiticm4pdczpfkzrffhcxgbj1xj8qeo7fgrp7ucvi27_B5gjpIUqfh_sishaouqdfns255loqagimlyr8lagkccep1un9uop0payntcqvcr6gmarjez.jpg)
भ्याली ग्रुप तयारी खाध्यमा आक्रामक बन्दै, भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा
![परिवारको आग्रहमा यो समाचार हटाइएको छ ।](https://snowberry.prixacdn.net/media/gallery_folder/dscvidhzowrjsfceqqcr4ryakjw6wbgfcftjromwbzwcnj8jxfislmuuexye_spmB0oMQtY_1cqqxvqt1h49b7uv4lh6nn1tclwpmsqrofgluzswjgp5icns8j9epmfdpvoe.jpg)
प्रतिक्रिया