गायक सचिनको मार्मिक कविता


गायक आशिष सचिनले एक कविता सिर्जना गरेका छन् । गीत संगीतको क्षेत्रमा राम्रो स्थान बनाउन सफल उनले आमाको मुख हेर्ने दिनको अवसरमा उक्त कविता लेखेका हुन्। ‘साचै भाग्यमानी छौ तिमी’ शिर्षकको कवितामा आमाबाबु हुनु र नहुनुको फरक देखाइएको छ । मिठो स्वरले दर्शकलाई खुसी बनाउदै आएका उनले शब्द मार्फत नयाँ आयाम दिएका छन् ।
हेरौ उनको कविता:
म कवि त हैन तैपनी आज मातातीर्थ औँसी (आमा को मुख हेर्ने दिनको )अवसर मा मेरो पह्लिलो चोटी सानो प्रयाश हजुरहरुको लागि :
साच्चै भाग्यमानी छौ तिमी …. (सानो मान्छे )
नौमहिना कोख मा बस्न त पायौ नै त्यसपछी पनी आमा को न्यानो दुध तन .. तनी … पिउन पायौ …
साच्चै भाग्यमानी छौ तिमि ..||
आमा बाबा को माया बाट टाडा भै ३ बर्ष नपुग्दै तोते बोली मै स्कुल को होस्टेल मा बस्न नपरी ,
आमा बाबा को काख मा नै लडीबुडी गरी खेल्न पायौ …
साच्चै भाग्यमानी छौ तिमि … ||
सानो तोते फुच्चे हुदाबाट नै होस्टेल को एकान्त चाउरी मा बसी खिस्स हास्दै पिङ को लछारोमा ती कलिलो हात ले समाउदै आकाश मा हेर्न नै नपरी ..
तोते बोली नफुट्टदै रुदै ,दंगौदै बाबा आमा लाई औला ले यो ..यो ..भन्न पायौ …
साच्चै भाग्यमानी छौ तिमी ..||
थाहा छ तिमीलाई ? म स्कुल मा हुदा सु सु आयो भन्दा पनि सुनिहाली दिने कोइ थिएन ,चिसो सुरुवाल मा त म कत्ति खेले खेले ..
तिम्रो त आमा बाबा ले पटक पटक तिमीलाई मसारेर सुसू आयो सुसू आयो भन्दिनु हुन्थ्यो ..
साच्चै भाग्यमानी छौ तिमी ..||
स्कुल ब्याग र टिफिन तयारी पारिदिने अनि ४ बजे पछि ,स्कुल छुट्टी मकै भूट्टी ,भन्दै आफ्नो आमा बाबा संग हात समातेर घर जान पनि पायौ .. खेल्दा खेल्दै लड़े पछि पनि तिमीले त सर मिस भन्नु को सट्टा आमा बाबा भन्न पायौ …
साच्चै भाग्यमानी छौ तिमी..||
Parents day हुदा अनि स्कुलमा पुरस्कार जित्दा दौडेर तिमीलाई बोक्ने र तिम्रो जित मा खुशी हुने नाचिदिने आमा बाबा पायौ ….
साच्चै भाग्यमानी छौ तिमी ..||
हेरन !! साथी ले छेउ बाट कुट्दा पनी रुएर चुप चाप लाग्न पर्ने सट्टा पख ! मामु बाबा लाई भन्दिन्छु भन्न पायौ …
साच्चै भाग्यमानी छौ तिमी ..||
बाबा को कन्धा माथि बसी बाबा को कपाल समाती चल घोडा भन्दै आमा ले पछाडी पछाडी को खाई को खाई भनेर खेल्न खान पायौ …
साच्चै भाग्यमानी छौ तिमी .. ||
आमा बाबा ले जसरी सानो मा दुख सुख माया गरी तिमीलाई हुर्काउनु भयो त्यसई गरी आफ्नो आमा बाबा लाई बुडेस काल मा हुर्काऊ है …..
साच्चै भग्यमानी छौ तिमी ..
साच्चै भग्यमानी छौ तिमी..
साच्चै साच्चै साच्चै भग्यमानी छौ तिमी ..||

म कवि त हैन तैपनी आज मातातीर्थ औँसी (आमा को मुख हेर्ने दिनको )अवसर मा मेरो पह्लिलो चोटी सानो प्रयाश हजुरहरुको लागि ♥️:…

Gepostet von Aashish Sachin am Donnerstag, 23. April 2020