उफ् ! आँचल

फिल्म ‘एक मुठ्ठी बादल’को छायांकनको तयारीमा छिन् नायिका आँचल शर्मा । आफ्नो अभिनयको कारण दर्शकको मन जितिरहेकी यी सुन्दरीले २ दिन अगाडि मात्र आफ्नो जन्मदिन मनाइन् । 

उनै, आँचलले सामाजिक संजालमा पोष्ट गरेका दुई तस्विरले उनका फ्यानको ध्यान खिचेको छ । पहिरनको मामलामा आँचल अग्रपङ्क्तिमा छिन् । साथै, उनले आफूलाई फिट राख्न पनि हरदम कोशिश गरेको पाइन्छ । यसैले त, सामाजिक संजालमा उनले बेलाबखत पोष्ट गर्ने तस्विरले प्रशंसा पाइरहेको हुन्छ । 

आँचलको यो बर्ष ‘नाई नभन्नु ल ६’ मात्र रिलिज भयो । तर, उनले फिल्म भने केहीको छायांकन गरिन् भने केहीको छायांकन हुन बाँकी छ । आँचलको आउँदो बर्ष व्यस्तता अझै बढ्ने देखिएको छ । ‘बर एण्ड बधू, पिताम्बर, दुःखी आत्मा’ लगायतका फिल्ममा पनि उनले काम गर्न बाँकी नै छ । 

आँचललाई फिल्ममा लिनका लागि निर्माताहरू पनि लालायित भएको पाइन्छ । यो कुरा बुझेकी आँचलले आफ्नो अभिनय त सुधारेकी छन् नै, आफूलाई फिट राख्न पनि खुबै मिहिनेत गरेकी छिन् ।